नेपालगञ्ज कोरोना संक्रमित कैदीको मृत्यु

बाँके ५ असोज । नेपालगञ्ज कारागारका कोरोना संक्रमित कैदीको मृत्यु भएको छ ।कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत गुर्भाकोट नगरपालिका(४, सहारेका ५८ वर्षीय कैदीको आज बिहान ६।२५ बजे मृत्यु भएको हो। सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएका उनमा यही भदौ २१ गते कोरोना पुष्टि भएपछि २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो । भेरी अस्पतालले उपचारारत उनमा दम बढेपछि आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति