भारतमा कोरोना संक्रमितको संख्या साढे ५४ लाख नाघ्यो

काठमाडौँ, ५ असोज ।  भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५४ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार भारतमा ८७ हजार ३८२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४ लाख ८५ हजार ६१२ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ४३ लाख ९२ हजार ६५० जना संक्रमणमुक्त भएका छन् भने १० लाख ५ हजार ५३ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८७ हजार ९०९ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति