इन्डियन प्रिमियर लिग : सन्दीप लामिछाने सम्मिलित देल्हीले पञ्जाबको सामना गर्दै

काठमाडौं, ४ असोज । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित देल्ही क्यापिटल्सले इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा किंग्स एलेभन पञ्जाबको सामना गर्दैछ । सन्दीपले पहिलो खेलदेखि नै ‘प्लेइंग एलेभन’मा स्थान बनाउने सम्भावना बढी देखिएको छ ।

इन्डियन प्रिमियर लिगको १३ औं संस्करण चलिरहँदा दुबै टोलिले एक पटक पनि उपाधि उचाल्न सकेको छैन् । दुबै टोलि उपाधि उचाल्न आतुर रहँदा प्रतियोगिताको सुरुवातदेखि प्रभावशाली प्रदर्शनका लागि खेलाडी चयनमा विशेष चनाखो देखिएको छ । देल्ही क्यापिटलको नेतृत्व युवा ब्याट्सम्यान श्रेयास ऐयरले गर्दै छन् । पञ्जाबको नेतृत्व करण लोकेश राहुलको काँधमा छ । देल्ही टोलिको प्लेइंग एलेभनमा स्थान बनाउन भारतीय क्रिकेट टोलिमा आ आफ्नो खूबी देखाइसकेको दुई जना स्पिनरसँग सन्दीपले स्पर्धा गर्नुपर्नेछ । अक्षर पटेल र रबिचन्द्रन आश्विनसँगै सन्दीपलाई टोलिमा अटाउन टिम व्यवस्थापन समक्ष समेत चुनौती हुनेछ ।

आज हुने खेलमा देल्हीबाट सम्भाबित खेलाडीको सूचीमा पृथ्वी शाह, शिखर धवन सिमरन हैटमर, श्रेयास ऐयर, ऋषभ पन्त, एलेक्स कैरी वा मार्कस स्टोनिस वा कीमो पौलमध्ये एकजना, अक्षर पटेल, रबिचन्द्रन आश्विन, कगिसो रबाडा, सन्दीप लामिछाने र इशान्त शर्मा छन् ।

पञ्जाबको सम्भाबित एघारमा कप्तान राहुलको नेतृत्वमा निकोलास पूरन, मयनक अग्रवाल, ग्लैन म्याक्सवैल, सरफराज खान, मन्दीप सिंह वा दीपक हुडामध्ये एक हुनेछन् । त्यसैगरी, के गौतम र जेम्स निशम, शेल्डन कोट्रेल वा क्रिस जोर्डनमध्ये एक, रबि विष्णोइ, मोहम्मद सामी र मुजिब ऊर रहमान हुनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति