‘अहिलेको अवस्थामा सरकारले करका दर घटाइदिए पनि पुग्छ’

नेपालमा कोभिड–१९ कारण उद्योगी व्यवसायीहरुले धेरै क्षति बेहोर्नु प¥यो । घरभाडादेखि बैंकको ऋणको कारण ब्यवसायीहरु समस्यामा पर्दैआएका छन । ६ महिना लामो लकडाउन र निषेधज्ञापछि कोरोना संक्रमणको त्रास अझै कायमै रहेको अवस्थामा सरकारले भदौ १ गतेबाट लकडाउन खुकुलो बनाएको छ ।

लकडाउन खोलेपछि कोभिडको असर हुँदाहुँदै पनि बजार बिस्तारै चलायमान हुँदैछ । लामो समयको लडकडाउनले उद्योग व्यवसायी कस्तो असर ग¥यो ? उद्योग व्यवसाय माथि उठाउन सरकार र व्यवसायीबीच कस्तो सम्बन्ध बनाउनुपर्छ ? र नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका नयाँ मिति तयसंगै कस्तो तयारी भइरहेको भन्ने विषयमा जिल्ला–नगर तर्फका उपाध्यक्षमा उमेद्वारी दिनु भएका नेपाल उद्योग– वाणिज्य महासघ बाग्मती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठसँग नेपाल पेजका लागि छबि सापकोटाले गरेको कुराकानी……..

६ महिना लामो समयसम्म धेरैजसो उद्योगधन्दा बन्द नै रहे । उद्योग–व्यवसाय क्षेत्रमा कोभिड–१९ को असर कस्तो प¥यो ?

अहिले कोभिड–१९ ले सबैभन्दा धेरै असर गरेको भनेको निजि क्षेत्रका व्यवसायी साथीहरुलाई नै हो । उद्योगी व्यवसायी जसले बैंक तथा बित्तिय संस्थबाट ऋण लिएर लगानी गरेका सबैभन्दा पिडित भएका छौं । धेरै उद्योगी व्यवसायीहरु आफनो व्यवसाय बन्द हुँदा मानसिक तनावमा समेत पर्नु भएको छ । ऋण धन गरेको चलाएको व्यवसाय लामो समयसम्म बन्द हुँदा धेरैको घरबार नै बिग्रिने सक्ने अवस्था समेत आइरहेको छ ।

उद्योगी व्यवसायीले समस्या भएपछि बजार खोल्नका लागि दवावसमेत दिनुभयो । तपाईहरुले अर्थतन्त्र चलायमान गराउनमा लागि लकडाउन खोल्नुपर्छ भनेर दवाव दिएपछि अहिले बजार खुलेका अवस्था छ । अब कसरी उद्योगी व्यवसायीहरु कसरी सुरक्षित भएर व्यवसाय गर्न सक्छन् ?

सरकारले सुरुको चरणमा कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउनको घोषणा ग¥यो । आम सर्वसाधारणदेखि उद्योगी व्यवसायीहरु पनि सरकारलाई साथ दिदै लकडाउनको नियम पालन ग¥यौं ।

सरकारले निर्देशनलाई मान्यौं पनि । सुरुको तीन महिना बन्द भएपछि निषेधाज्ञाको रुपमा प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कुनै आधार बिना आफ्नै तरिकाले उद्योगी व्यवसायीसँग छलफल समेत नगरी उद्योगधन्दा बन्द गर्ने काम भयो । ३ महिनापछि पनि व्यवसाय कस्तो समस्या प¥यो भनेर हेर्ने कोही पनि भएनन्। संसारभरी उद्योगी व्यवसायीहरुलाई त्यहाँको सरकारले बढी महत्व दिए पनि नेपालमा व्यवसायीलाई हेर्ने दृष्टिकोण एकदमै फरक छ । उद्योगी व्यवसायीहरुलाई अन्य देशका सरकारले यस्तो समयमा विशेष सुविधा दिएका उदाहरण छन् । तर यहाँ त व्यवसाय गर्नेहरु जसलाई के समस्या भएपनि हेर्ने कोही रहेनछ भन्ने हामीले यो समयमा अनुभव ग¥यौ ।

सरकारसंँग उद्योगी ब्यवसायीले व्यवसाय संञ्चालन गर्न प्रोटोकल बनाऔं, कुन व्यवसाय कसरी चलाउने भनेर नियम बनाऔ भन्दा पनि चासो भएर ६ महिना सबै उद्योगधन्दा बन्द गरेर बस्न बाध्य भयौ । यति लामो समयसम्म आउँदा व्यवसाय निकै नै खत्तम भइसक्यो ।

६ महिना भयो उद्योग व्यवसायको लागि सरकारले के तयारी ग¥यो ?सयममै सबैसँग छलफल गरेर उद्योग व्यवसायलाई चलाउने वातावरण बनाउन सकेको भए अहिलेको जस्तो नाजुक अवस्था आउने थिएन । अहिले लकडाउन खुलेको छ सबै व्यवसायीले स्वास्थयको मापदण्ड अपनाएर व्यवसाय गुर्नको विकल्प छैन ।

अहिले उद्योगी व्यवसायीहरुको प्रवद्र्धन गर्नका लागि सरकारले कस्ता कुरामा ध्यान दिन जरुरी देख्नु हुन्छ ? अहिले व्यवसायीका समस्या के हुन ?

लकडाउन खुकुलो भए पनि संक्रमणको दर घटिरहेको छैन । सबैलाई डर र त्रास भइरहको अवस्था छ । मानिसहरुले समेत खर्च गर्न सकिरहेका छैनन । अहिलेको अर्थतन्त्रलाई माथि उठाउनका लागि निजि क्षेत्रमा ठुला व्यवसायहरु छैनन् त्यस्तो समयमा सरकारले आफनो खर्च गर्न स्थानमा लगानी गर्नु प¥यो । बजारमा पैसा चलायमान गराउनतिर मुख्य ध्यान दिन आवश्यक छ ।

सरकारले पनि अब जनतामा निराश बनाउनेभन्दा आशा जगाउने क्रियाकलापमा जोड दिन आवश्यक छ । मान्छे खर्च गर्न तयार भएपछि मात्र अर्थतन्त्र चलायमान हुन्छ । अहिले बजार त खुलेको छ । तर भोलिको अवस्था अनिश्चिन नै छ । अहिले पनि सरकारसंँग व्यवसाय कसरी चलाउन दिने भन्ने रोडम्याप छैन । अहिले उपत्यका बाहिरबाट सामान ल्याउने लैजाने काम भएकै छैन । आउने सक्ने अवस्था पनि छैन । त्रास अझै कायम नै छ ।

अहिले व्यवसायीहरुले आपनो कर्मचारीहरुलाई अहिले व्यपार छैन भनेर अलि अलि काम चलाउने मात्र तलब दिएर धानिररहेका छौ । घरवहाल तिर्न पनि साना ब्यवसायीहरुलाई गाह्रो भइरहेको अवस्था छ । यस्तो बेलामा राज्यले पनि १३ प्रतिशत भ्याटलाई घटाएर १० प्रतिशत गराइदिएको भने के जान्थ्यो । अहिले त व्यवसायीले केही नभने पनि घटाइदिनु पर्ने बेला हो । करको दर कम भयो भने करमा विचलन हुदैन । कर छल्नु भन्दा कर तिर्न व्यवसायीलाई फाइदा भए करको बिचलन हुदैनथ्यो ।

सबैले तिर्न सक्ने गरी बनाएदिएपछि त सबैले कर तिर्छन् । सरकारले करको दर कम गरेर दायरा बढाउनु पर्ने अहिलेको आवश्यकता हो । यस्तै राष्ट्र बैंक उद्योगी व्यवसायीहरुको लागि लचकता देखाएको भए पनि निजी क्षेत्रका बैंकहरु निजि क्षेत्रसँग सहकार्य गर्न अझै पनि हिच्किचाउने गरेका छन । अब सरकार, बैंक र उद्योगी व्यवसायी तीन पक्ष मिल्नुको विकल्प छौन ।

अहिले बैंकहरुले उद्योगी व्यवसायीहरुलाई सहुलियत दिएका छौ। ब्याज दर घटाएका छौ, पुर्नकर्जाको लागि आह्वान गरेका छौ भनिरहेको अवस्था छ । यसबाट त व्यवसायीले फाइदा लिनु पर्ने होइन ?

होइन बैंकहरुले सहयोग नै गरेनन् भन्न मिलैन । तर बैंकहरुले मान्छे हेरेन, पार्टी हेरेर लिमिटहरु बढाइरहेका छन । तर साना तथा मध्यम खालमा व्यवसायले यसबाट लाभ लिन सकिरहेको अवस्था छैन । बैंकहरुले जनतासंग ६ प्रतिशतमा निक्षेप संकलन गर्छ त्यसमा २ प्रतिशत जोडर ब्याजमा लगाउने भनिएको छ तर ८ प्रतिशतमा ऋण पाउन मुस्किल छ ।

अहिले राज्यले उद्योग व्यवसायलाई दिन सक्ने राहतको क्षेत्रमा भनेको कर केही घटाइदिने, बिद्युत महसुलमा छुट दिन सक्ने अवस्था छ । तर त्यो पाइँदैन । यस्तै कोभिड–१९ को कारण कति व्यवसायको नविकरण गर्नु पर्ने भनिरहेको अवस्था छ । जिल्ला जिल्लामा, अहिले नविकरण गरिएन भने अर्काे जरिवाना गर्ने त्रास देखाइएको छ । यस्तो बेलामा त नविकरण दस्तुर मिनाह गरिदिए पनि साना ब्यवसायीहरुलाई केही राहत हुने थियो ।

अहिलेको सरकारले व्यवसायीहरुलाई कत्तिको चासो दिइरहेको जस्तो लाग्छ ?

जेठमा आएको बजेटमा उद्योगी ब्यवसायीहरुका लागि केही राहतको प्याकेज आयो । कर र आयकरमा समेत केही छुटको व्यवस्था भयो । तर अहिले कोभिड–१९ कारण ६ महिना उद्योग व्यवसाय बन्द भएको अवस्था छन् । उद्योगी व्यवसायलाई बचाउने हो भने बजेटमा आएको राहतले मात्र पुग्दैन । अब थप राहतका कार्यक्रम आउनु प¥यो । ताकी अर्थतन्त्र चलायमान होस् ।

अहिले लकडाउन खुलेपछि व्यवसायीमा उत्साह र उमंग आएको छ त्यसलाई कायम गराउन सरकारले समेत जोड दिन आवश्यक छ । सरकारले पनि अहिले नयाँ उद्योग आएन भने उसलाई ल्याउन यो सहुलियत दिन्छौं भन्नुप¥यो । अहिले उद्योगमा लगानी गर्नेलाई ५ वर्ष कर छुट यस्तै यस्तै प्याकेज दिएर भएपनि उद्योगी व्यवसायीहरुको मनोबल बढाउने काम गर्न आवश्यक छ ।

नेपलीको हरुको महानचार्ड दशै–तिहार समेत आउन थाल्यो । यो बिचमा सरकारले उद्योग व्यवसायीहरुका के काम गरिदियो भने व्यवसायीहरुले राहतको महसुस गर्ने थिए ?

अहिले नै सरकारले गर्न सक्ने भनेको करको दर कम गर्न सके हुन्छ । कुनै व्यवसाय गर्नको वातावरण बनाउन लागि प्याकेज दिनुपर्छ । अहिले तत्काल लगानी गर्दा यति छुट पाइन्छ भनेर भन्न सक्नु प¥यो । सरकारले आफु गर्नु पर्ने खर्चलाई बढाउनु प¥यो ।

भौतिक निमार्णका क्षेत्रमा सरकारले लगानी गरिदिए बजारमा पैसा गएर अर्थतन्त्रलाई चलायमान गर्न सहयोग पुग्छ यस्तो कामलाई जोड दिए व्यवसायले राहतको महसुस गर्ने थिए ।

अन्त्यमा, कोभिड–१९ को कारण नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन पटक पटक स्थगित भयो । तपाई आफै पनि किशोर प्रधान प्यालनबाट जिल्ला–नगर तर्फका उपाध्यक्षमा भिड्दै हुनुहुन्छ ? मंसिर ११ र १२ गते तेकिएको निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ?

कोभिड–१९ समस्याको कारण नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन सार्नु प¥यो । फेरी पनि हामीले नयाँ मिती तय गरेका छौ । देशभरका फैलिएको संगठन भएको हुनाले पनि सबै उद्योगीको समस्यालाई महासंघको जिम्मेवारी पूर्व हेर्नु पर्ने हुन्छ । लकडाउन अलि खुलेकाले व्यवसायीहरु उत्साहित भएका पनि छन ।

महासंघको निर्वाचन व्यवसायीहरुको कुम्भ मेला जस्तै भएकोले काम गर्नेले जित्नु पर्छ भन्ने मेरा मान्यता हो । यस अघि नै सबैले उमेद्वारी समेत दिनु भएको अवस्था छ । सबै उद्योगी व्यवसायीहरुले सबैलाई चिन्नु भएकै छ । नयाँ आउने नेतृत्वले कोभिड–१९ ले थला परेका उद्योग व्यवसायीहरुको समस्यालाई समाधान गर्ने नेतृत्व आउनु पर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board