नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाडाँमा आज भएको नेकपा सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

नीतिगत हिसाबले कसरी पुनर्गठन गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । श्रेष्ठले पत्रकारहरूसँग भने, ‘मन्त्रिपरिषद पुनर्गठनबारे नीतिगत रूपमा र मापदण्डबारे छलफल सुरू भएको छ। नामबारे छलफल भएन। आवश्यकता परेमा नामबारे प्रधानमन्त्रीसँग पछि यसबारे छलफल गर्न सकिन्छ।’

नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको छ । आजको बैठकले संवैधानिक राजनीतिक नियुक्तिका उपयुक्त निर्णय गर्न सरकारलाई सुझावसमेत दिएको छ । बैठकमा नेताहरुले आ-आफ्नो धारणा राखेका थिए । बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्ने बताईएको छ ।

यो पनि

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति