नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी, यी विषयमा हुँदैछ छलफल

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा भईरहेको छ । कोटेश्वरस्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भईरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।

यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक नेकपाको कार्यकारी अध्यक्ष प्रचण्डले सम्हालेपछि पहिलोपटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघि २ असोजमा बस्ने गरी बोलाइएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

आजको सचिवालय बैठकमा गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने र पार्टी, सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताईएको छ ।

सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको नेकपाले जनाएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति