चिनियाँ विशेषताहरूसहितको समाजवादको अवलम्बन र विकासमा रत्तिभर विचलन आउन नदिऔँ

हामीले कुन मार्ग अँगाल्नुपर्छ ? यो पार्टीको भविष्य एवं उद्देश्यको सफलताकी लागि शीर्षस्थ प्रश्न हो । चिनियाँ विशेषताहरूसहितको समाजवाद वैज्ञानिक समाजवादको नीति र चिनियाँ इतिहासको सामाजिक विकासको संयोजन हो । यसले जनताका इच्छाहरूलाई प्रतिबिम्बित गर्दछ र राष्ट्रको समय समयका विकासका पूर्ति गर्दछ । यो सर्वपक्षीय सामान्यतः समुन्नत समाजको निर्माण, समाजवादी आधुनिकीकरणको द्रुत परिचालन र चिनियाँ राष्ट्रको विशाल नवीकरणको सफलताका लागि निश्चित बाटो हो ।

सबै पार्टी सदस्यहरूले तङ स्याओफिङ सिद्धान्तको मार्ग निर्देशन ’तीन प्रतिनिधिहरको महत्वपूर्ण विचार’, विकासप्रतिको वैज्ञानिक दृष्टिकोणलाई अबलम्बन गर्नुपर्दछ र चिनियौँ समाजवाद र विकासप्रतिको माक्र्सवादी दृष्टिकोणमा वचनबद्ध दृढ रहनुपर्दछ । सत्यको खोजका लागि अभ्यासलाई एक मात्र आधारको रूपमा लिनुपर्दछ र ऐतिहासिक कार्यमा तत्परता र सृजनशीलताको प्रयोग गर्नुपर्दछ ।

कुनकुन कुराहरू परिवर्तन भइरहेका छन् र अन्तर्राष्ट्रिय, राष्ट्रिय र पार्टी अवस्थामा कुनकुन कुराहरू यथावत रहेका छन् तिनका बारेमा हामी स्पष्ट रूपमा सजग रहनु पर्दछ ।

हामीले नयाँ बाटोहरु बनाउन, नदीहरु पुलले जोड्ने, दृढ सङ्कल्पका साथ अगाडि बढ्न र साहसी रूपमा नयाँ क्षेत्रहरूको खोजी गर्न कहिल्यै आनाकानी गर्नुहुँदैन । हामीमा हाम्रो कामका पेचिला प्रश्नहरू सम्बोधन गर्ने साहस र योग्यता विद्यमान हुनुपर्दछ ।

जनताका मनका शङ्काहरू हटाई समाधानहरू पत्ता लगाउनु पर्दछ । हामीले सुधार एवं खुलापनालाई प्रगाढ रूपमा सञ्चालन गर्नुपर्दछ । नयाँ आविष्कारहरू एवं नयाँ विचारहरूको सिर्जना तथा नयाँ प्रगति हासिल गर्नुका साथै हाम्रो नीतिको अभ्यास र ब्वस्थाहरूमा नवीकरणकी प्रवद्र्धन गर्नुपर्दछ ।

१८ औँ राष्ट्रिय कांग्रेसका निर्देशक सिद्धान्तहरूको कार्यान्वयनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूर वैकल्पिक सदस्यहरूको विचार गोष्ठीमा दिएको भाषणका मुख्य बुँदाहरू ।

पार्टीको १८औँ राष्ट्रिय कांग्रेसका निर्देशक सिद्धान्ताहरु चिनियाँ विशैषताहरूसहितको समाजवादकी निर्माण अवलम्बन र विकास गर्ने कुरामा केन्द्रित रहेका छन् । सन् २०१३ को वर्ष चिनियाँ विशैषताहरूसहितको शमाजको निर्माणको अवधारणा तङ स्याओफिङले अघि सार्नु भएपछिको ३१ औँ वर्ष हौ । आर्थिक र सास्कृतिक रूपमा अविकसित राष्ट्र चीनमा समाजवाद कसरी निर्माण गर्ने, यसलाई कसरी खँदिलो बनाउने र विकास गर्ने भन्ने विभिन्न आधारभूत प्रश्नहरुका प्रथम पटक स्पष्ट क्रमिक उत्तरहरू दिनुभएको छ । उहाँका उत्तरहरूले माक्सवादमा नयाँ दृष्टिकोणको प्रादुर्भाव, नयाँ पद्धतिको सुरुवात र समाजवादको बुझाइलाई नयाँ वैज्ञानिक स्तरमा उठाएको छ ।

चिनियाँ विशेषताहरूसहितको समाजवाद विशुद्ध रूपको समाजवाद हो र अरू केही होइन । वैज्ञानिक समाजवादको आधारभूत सिद्धान्त परित्याग गर्नुहुँदैन, नत्र यो समाजवाद हुँदैन । राष्ट्रले कुन सिद्धान्त अँगाल्नु पर्दछ भन्ने कुरा राष्ट्रको सन्मुख खडा रहेका समस्याहरू यसले समाधान पार्न सक्छ कि सक्दैन भन्ने आधारमा भर पर्दछ । इतिहास र यथार्थता दुवैले के देखाएका छन् भने समाजवादले मात्र चीनलाई बचाउन सक्छ र चिनियाँ विशेषताहरुसहितको समाजवादले मात्र चीनको विकास गर्न सक्छ । यो निचोड ऐतिहासिक खोज र जनताको रूचिको प्रतिफल हो ।

जसै चिनियाँ विशेषताहरू सहितको समाजवाद सुध्रदै जान्छ हाम्रो व्यवस्था निःसन्देहरूपमा परिपक्व हुँदै जान्छन् । हाम्रा व्यवस्थाका शक्तिहरू स्वतः उघ्रँदै जान्छन् र लामा विकासका पक्षहरू विश्वसनीय रूपमा फराकिला हुन्छन् ।

हामीमा हाम्रो बाटो, हाम्रो नीति र हाम्रो व्यवस्थामा विश्वास हुनुपर्दछ । हामी बाँसजस्तो चाम्रो हुनुपर्दछ, चङ सिएले बताउनु भएको “बाँस पूर्व, पश्चिम, दक्षिण र उत्तर जताबाट बतास बहे पनि सबै प्रहारहरूको बाबजुद नभौँचिइकन सदा अडिग रहन्छ ।”

पार्टीको नेतृत्वमा जनताले कुन तरिकाले समाजवादको निर्माण गर्दछन् त्यसलाई दुई ऐतिहासिक स्थितिमा विभाजन गर्न सकिन्छ । एक, १९७८ मा सुधार एवं खुलापनाको प्रारम्भ अघिको स्थिति र दोस्रो, त्यसपछिको स्थिति । यी दुवै स्थीतिहरु एक अर्कासँग सम्बन्धित र एक अर्काबाट अलग पनि छन् । दुबै समाजवादको निर्माणमा पार्टीको नेतृत्वअन्तर्गत जनताबाट व्यवहारिकता पछ्याई गरिएका खोजहरू हुन् ।

गणतन्त्र चीनको स्थापनापछि १९५६ मा समाजवादी व्यवस्था लागु भएदेखि २० वर्षभन्दा बढी वर्षहरूको विकासमा आधारित सुधार र खुलापनको सुरूवात भएपछि चिनियाँ समाजवादको प्रारम्भ गरिएको थियो । यद्यपि दुई ऐतिहासिक स्थितिहरू आफ्ना निर्देशक विचारधारा, सिद्धान्त, नीति र अभ्यासगत कार्यमा फरक छन् ।

तापनि तिनीहरू एकअर्काबाट अलग र आपसमा विरोधी छैनन् । हामीले ’सुधार एवं खुलापनको भन्दा पछिको अवस्थाको दाँजोमा सुधार एवं खुलापनभन्दा अघिको अवस्थालाई न नकार्नु हुन्छ न उल्टोपाल्टो पार्न हुन्छ । हामीले तथ्यहरूबाट सत्य प्राप्त गर्ने सिद्धान्तहरूमा आबद्ध रहनुपर्दछ र हाँगाहरुबाट मुख्य गिँडलाई छुट्याउनु पर्दछ । हामीले सत्यलाई वहन गर्नुपर्दछ । हाम्रा भूलहरूलाई सच्याउनु पर्दछ, व्यावहारिक अनुभवहरू ग्रहण गर्नुपर्दछ र पाठहरू सिक्नुपर्दछ । यो पार्टी र जनताको उद्देश्य अगाडि बढाउन मद्दत पुन्याउने आधारशिला हो ।

माक्र्सवाद स्थिर रहने छैन । यो निश्चित रूपले समाजको गति अभ्यासको प्रगति र विज्ञानको विकास सँगसँगै चल्नेछ । समाजवाद पनि सदा अभ्यास मार्फत अगाडि बढ्ने हो । चिनियाँ समाजवादको विकास गर्नु हाम्रो ठूलो उद्देश्य हो ।

तङ स्याओफिङले यस विषय बारेका आधारभूत विचार र सिद्धान्तहरूलाई स्पष्टतःपरिभाषित गर्नुभएको छ । चियाङ चमिन र पछि हु चिनथाओ केन्द्रीय समितिको प्रमुख रहनु हुँदा पनि यसमा केही महत्त्वपूर्ण अध्यायहरू थप गर्नुभएको छ । अब हाम्रो पुस्ताको कम्युनिस्टहरूको काम यस उद्देश्यको अनुगमन गर्नु हुनेछ । हामी विकासगत दृष्टिकोणले माक्र्सवाद र समाजवादमा आबद्ध रहनु पर्दछ ।

प्रत्येक पाइला पिच्छे हामीहरू नयाँ र अपरिचित समस्याहरूको सामना गर्न पुग्नेछौं, ठूला सङ्कट र हाँकहरू हाम्रो सम्मुख आउनेछन् र हामीले अप्रत्यासित कुराहरूसँग जम्काभेट गर्नुपर्नेछ । हामी उन्नति र शान्तिको घडीमा पनि विपरीत स्थिति र सङ्कटका लागि तयार रहनुपर्दछ । हामीले नबुझेको कुरामा बुझेझैँ स्वाङ गर्नुहुँदैन । हामीले बुझिसकेका कुरालाई प्रयोगमा ल्याउनु पर्दछ । नबुझेको कुरा सिक्न समय खेर फाल्नु हुँदैन । हामीमा अस्पष्ट मानसिकता रहनुहुँदैन ।

पार्टी सदस्यहरू, विशेषतः पार्टी पदाधिकारीहरूको चिनियाँ विशेषताहरूसहितको समाजवाद निर्माणको सामूहिक आदर्शका साथसाथै उच्च कम्युनिस्ट आदर्शहरूमा दृढ विश्वास कायम रहनुपर्दछ र प्रतिबद्धताका साथ तिनीहरूको अवलम्बन गर्नुपर्दछ । समाजवादको प्रारम्भिक चरणमा, पार्टीका आधारभूत धारणा र कार्यान्वयन गर्न हामी कडा रूपले प्रस्तुत हुनुपर्दछ र हाम्रो काम राम्रोसंग सम्पन्न गर्नुपर्दछ ।

हाम्रा क्रान्तिकारी आदर्शहरू उच्चतम छन् । आदर्शविहीन सदस्यमा आवश्यक गुणको अभाव रहन्छ जो केही नगरिकनै पार्टीका उच्च आदर्शहरू हाँक्ने मात्रै हुन्छन् ।

पार्टीका सदस्यहरू र पदाधिकारीहरूमा कम्युनिस्ट पार्टीका उच्च आदर्शहरु भए–नभएको जाँच गर्ने वस्तुगत आधारहरू विद्यमान छन् । के उनीहरू तन–मन देखि नै जनताको सेवा गर्ने आधारभूत सिद्धान्तमा कायम रहिरहन सक्छन् रु के उनीहरु कठीनाइको सामना गर्न सबै भन्दा अघि सर्न र सुबिधा लिन सबैभन्दा पछि बस्न सक्छन् रु के तिनीहरू कडा परिश्रम गर्न एवं इमानदार र समर्पित रहन सक्तछन् रु के उनीहरु आफूनो आदर्शको रूपमा पार्टीका कार्यदिशालाई लागू गर्न हर प्रयत्न गर्न र आवश्यक पर्दा आफ्नो जीवन उत्सर्ग गर्न पनि सक्तछन् ।
दोषपूर्ण विचार, विलासी र भ्रष्ट व्यवहार र निष्कृय मनोवृत्ति यी सबै कुराहरु उच्च साम्यवादी आदर्शहरूसँग मेल खाँदैनन् ।

टिप्पणीहरू

वैज्ञानिक साम्यवाद सरह पनि मानिने वैज्ञानिक समाजवादले विस्तृत सन्दर्भमा माक्र्सवादको सम्पूर्ण विचार प्रणालीलाई जनाउँदछ र साँगुरो सन्दर्भमा माक्र्सवादका तीन प्रमुख गुणमध्ये एकलाई जनाउँछ । पछिल्लो भनाइको प्रयोग कार्ल माक्र्स र फ्रेडरिक एन्जेल्सले स्थापना गरेको वैज्ञानिक समाजवादको विज्ञान हो । जसले श्रमजीवी वर्गको मुक्ति, आन्दोलनको प्रकृति, स्थिति र मुख्य उद्देश्यको लेखाजोखा गर्न यसले मुख्य रूपमा निजी स्वामित्वको अन्त्य र सामूहिक स्वामित्वको अवलम्बन, उत्पादकत्व शक्तिको बृहत्तर प्रवद्र्धन, यथोचित सामाजिक एवं भौतिक सम्पत्तिको आर्जन, योजनाबद्ध अर्थप्रणालीको कार्यान्वयन एवं व्यावहारिक उत्पादन र मुद्रा विनिमययुक्त व्यवस्थाको खारेजीको लागि प्रस्ताव गर्दछ ।

यसले “प्रत्येकलाई आआफ्नो योगदान बमोजिम” भन्ने सिद्धान्तलाई अनुमोदन गर्दछ र वर्गहरू र वर्ग विभाजन हट्ने छ । राष्ट्र सविस्तार विलाउनेछन् र स्वतन्त्र व्यक्तिहरूको समुदायहरू क्रियाशील हुँदै आउनेछन् भन्ने कुराको भविष्यवाणी गर्दछ ।

चङ सिए बाखुज एमिड रक्स’ चङ सिए ९१६९३–१७३५० जो चङ पानछ्याओले नामलेसमेत चिनिन्छन् । छिङ वंश ९१५४४–१९११० मा लिपि विद्याको लेखक थिए ।

चिनियाँ राष्ट्रपति ‘सी जीङफिङ को सम्वोधन – जनवैरी ५, २०१३

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board