तेल ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी


काठमाडौं, ४ असोज । शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट पेट्रोल बोक्ने ट्यांकर त्रिशूलीमा खसेको छ ।

अमलेखगञ्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको छ । पानीमा माथिल्लो भाग मात्रै देखिएको उक्त ट्यांकरमा आगलागी भएकोले उद्धारमा समेत कठिनाइ भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए । उक्त ट्यांकरमा चालकसहित कति जना व्यक्ति सवार थिए भन्ने खुलेको छैन । उद्धारका लागि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर बोलाइएको छ ।प्रहरीकाअनुसार ट्याङ्कर मध्यरातमा त्रिशूली नदीमा खसेको हो र यसबारे थप विवरण आउन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति