बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु

बाँके, ४ असोज । बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज–२१ पुरैनाका ५९ बर्षिय पुरुषको गएराती साढे ११ बजे मृत्यु भएको हो । उनी भदौं २० गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अञ्चल अस्पतालमा भर्ना भएका थिए । उनको भदौं २१ गते नै पीसीआर रिपोर्ट पोजेटिभ आएपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको र रेमडिसिभर औषधिसमेत चलाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनको दुवैतिरको फोक्सोमा निमोनिया भएको पनि जनाइएको छ । फोकल पर्सन श्रेष्ठका अनुसार ती पुरुषको स्वास्थ्यमा सुधार नआएर पुरुषको स्वास्थ्य गम्भीर बन्दै गएपछि शनिबार दिउँसो भेन्टिलेटरमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति