आईपीएलमा चेन्नईको विजयी सुरुवात, मुम्बई ५ विकेटले पराजित

काठमाडौं, ४ असोज । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ । गएराति युएईको आबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै फाप डु प्लेसिसले अविजित रहँदै ५५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै चेन्नईले मुम्बईसँग १२ औं संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । गएको वर्षको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो । यस्तै कप्तान धोनीले आफ्नो कप्तानीमा चेन्नईका लागि एक सय औं जित पूरा गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति