विश्वभर कोरोनाबाट ९ लाख ५६ हजार ३५० जनाको मृत्यु : ३ करोड ६ लाख ९० हजार बढी संक्रमित

काठमाडौं, ३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृत्यु भएको छ भने ३ करोड ६ लाख ९० हजार ५७६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ करोड २३ लाख ३३ हजार ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ४०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ३ हजार १७१ जनाको मृत्यु भएको छ भने ६९ लाख २५ हजार ९४१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४१ लाख ९१ हजार ८९४ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ३० हजार ८७६ जना उपचाररत छन् । त्यस्तै १४ हजार १७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १४ हजार ९१२ जनाको मृत्यु भएको छ भने ७ लाख ७९ हजार ९४५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ७ लाख १८ हजार १७४ जनालाई संक्रमण भएको छ भने १५ हजार ७८ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ६ लाख ७७ हजार ६६० जनालाई संक्रमण भएको छ भने १३ हजार २३० जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा शुक्रवार ५१ हजार ३४५ जना संक्रमित थपिएका छन् भने ९५८ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति