म्याग्दी बिहीबारबाट पूर्ण रुपमा कोरोनामुक्त

म्याग्दी,१ असोज । म्याग्दी बिहीबारबाट पूर्ण रुपमा कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ ।

जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

एक महिनाअघि पनि म्याग्दी कोराना सङ्क्रमणमुक्त जिल्ला बनेको थियो । तर सरुवा भएर आएका एक जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि म्याग्दीमा पुनः कोरोना सङ्क्रमणयुक्त जिल्ला भएको थियो । सङ्क्रमित प्रहरीको पिसिआर परीक्षणको नतिजा बुधवार नेगेटिभ आएपछि म्याग्दी पुनः कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ ।

प्रजिअ अधिकारीका अनुसार आइसोलेसनमा रहेका एक मात्र सङ्क्रमित प्रहरी जवानको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति