खुल्यो नारायणगढ-मुग्लिन सडक

चितवन, १ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ः४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनह गन्तव्यतर्फ लागेका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति