कोरोना अपडेट: २४ घण्टामा १०३९ जना संक्रमित, ११७३ जना डिस्चार्ज

काठमाडौं, २८ भदौ । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा ११७३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सरकारी तथ्यांक अनुसार यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको प्रवक्ता गौतमले बताए । आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् ।

यो अवधिमा पीसीआर ९ हजार १८५ जनाको भएको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ३८ हजार ६९७ पुगेको छ ।

आज थप ९ जनाको मृत्यु
बितेको २४ भण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ ।

उपत्यकामा थपिए ५९७ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५९७ संक्रमित थपिएका हुन् ।

२४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति