सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान, १६ जना बेपत्ता भएका र एक जनाको शव फेला

काठमाडौं, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् । ‘पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी आज बिहान ४ बजे आउनासाथ हामी गाडीमार्फत् त्यता हिँड्यौं,’ सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने । उनका अनुसार मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ । गएरातिको वर्षाका कारण पहिरो जाँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजे, भीरखर्कलगायतका स्थानमा पहिरो जाँदा १६ जना बेपत्ता भएका र एक जनाको शव फेला परेको स्थानीयले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति