भारतमा कोरोना संक्रमितको संख्या साढे ४७ लाख नाघ्यो

काठमाडौं, २८ भदौ ।  भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।आइतबार भारतमा ९४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ९९ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ७३ हजार ८६८ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएकोछ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १०८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७८ हजार ६१४ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति