अन्तत: नेयमारले पराजित गरे कोरोना

काठमाडौं, २७ भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार कोरोना भाइरसबाट मुक्त भएका छन् ।

नेयमारले आफू कोरोना भाइरसबाट मुक्त भएको जानकारी दिएका छन् । ब्राजिलियन स्टार नेयमारले ट्वीटरबाट आफू कोरोना मुक्त भएको बताएका हुन् । नेयमारले कोरोनाबाट मुक्त भएर आफू टिमको प्रशिक्षणमा फर्किएको समेत बताएका छन् । एक साताअघि नेयमारसहित पीएसजीका तीन खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

फरवार्ड नेयमारसहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । यस्तै पछिल्लोपटक पीएसजीका अर्का स्टार केलियन एमबाप्पेलाई समेत कोरोनाको संक्रमण देखिएको छ । उनीहरु अहिले आइसोलेसनमा बसेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति