देशभरको मौसममा बदली, सतर्क रहन आग्रह

काठमाडौं, २७ भदौ । आज पनि देशभरको मौसममा बदली भइ विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिणमा रहनुका साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्र पनि बनेका कारण नेपालको मौसम बदली तथा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज प्रदेश १ देखि ५ सम्मका विभिन्न स्थानमा ठूलो वर्षा तथा बाढीपहिरोको सम्भावना देखिएको भन्दै मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखका मौसमविद् वरुण पौडेलका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिण छ। साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्र पनि बनेको छ। यिनै मौसमी प्रणालीका प्रभावले नेपालमा मौसम बदली तथा वर्षा भइरहेको हो। उनका अनुसार सोमबारसम्मै देशका केही स्थानमा हल्कादेखि मध्यम र कतिपय ठाउँमा भारी वर्षासमेत हुने सम्भावना छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति