मेक्सिकोले ३ करोड २० लाख डोज कोरोना विरुद्धको रुसी खोप किन्ने

काठमाडौं २५ भदौ । मेक्सिकोले रुससंग कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ३ करोड २० लाख डोज खोप किन्ने भएको छ  ।

रुसको सार्वभौम सम्पत्ति कोषले उक्त परिमाणको खोप मेक्सिकोलाई बिक्री गर्ने जनाएको हो । कोषका अनुसार रूसमा निर्माण गरिएको ‘स्पुतनिक–५’ खोप मेक्सिकोको एक मुख्य फर्मास्युटिकल कम्पनीलाई बिक्री गर्ने सम्झौता भएको बताइएको छ ।

यो सम्झौता खोप निर्यातका लागि गरिएको दोस्रो सम्झौता हो । यसअघि रुसी प्रत्यक्ष लगानी कोषले पहिलो सम्झौता अगस्टमा काजखस्तानसँग गरेको थियो । रुसले अगस्ट ११ मा कोभिड–१९ विरुद्धको खोप निर्माण सफल भएको दाबी गरेको थियो । उक्त खोप कोभिडविरुद्धको विश्वकै पहिलो खोप भएको जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोभिडविरुद्धको खोप सफल दाबी गर्दै उक्त खोप आफ्नी छोरीलाई समेत दिइएको जनाएका थिए तर अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले उक्त खोप निर्माणका क्रममा सबै प्रक्रिया पूरा गरेकोमा आशंका व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनले पनि रुसमा निर्मित खोप मापदण्ड पूरा नगरी प्रयोगमा ल्याइएको दाबी गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति