दुई लेखापढी व्यवसायी पक्राउ

सुर्खेत,२५ भदौ । सुर्खेतको मालपोत कार्यालय परिसरमा भीड गराउने दुई लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक भीड हुने कार्यालयमा जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागू गरेर सेवा दिन निर्देशन दिए पनि सेवाग्राहीलाई भीड गराउने लेखापढी व्यवसायीलाई आज पक्राउ गरिएको हो ।

कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य तथा सुरक्षाका मापदण्ड नअपनाएर कार्यालय परिसरमा बसेर सेवाग्राहीको भीड गरेकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

पक्राउ परेका लेखापढी व्यवसायीको नाम भने प्रहरीले खुलाएको छैन । मालपोत कार्यालय परिसरमा बसेका लेखापढी व्यवसायीहरूलाई मालपोत कार्यालयको पश्चिमतर्फको क्षेत्रमा व्यवस्थापन गरिएको थियो तर त्यहाँ बस्न अटेरी गरेर मालपोत कार्यालय परिसरमा आएर सेवाग्राहीलाई भीड गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पठाइने भट्टले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति