अमेरिकी राष्ट्रपतिले कोरोना घातक बन्न सक्ने थाहा हुँदा–हुँदै नियन्त्रण गर्न चासो नदिएको पाइयो

काठमाडौं, २५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदा–हुँदै पनि सङ्क्रमण नियन्त्रण गर्न चासो नदिएको खुलेको छ । कोरोना भाइरसको महामारी बारे थाहा हुँदा–हुँदै पनि रोक्न ट्रम्पले चासो नदेखाएका पाइएको वरिष्ठ पत्रकार बब वूडवार्डले लेखेको पुस्तकमा उल्लेख छ ।पत्रकार बबले अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले महामारी प्रवेश गर्नुपूर्व नै कोरोना भाइरस घातक रहेको थाहा पाएका दाबी गरेका छन् । उनले राष्ट्रपति ट्रम्पसँग सन् २०१९ को डिसेम्बरदेखि सन् २०२० को जुलाइसम्ममा १८ पटक अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको ज्यान जानुअघि नै महामारीबारे थाहा भएको बताएका पुस्तकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यस विषयमा राष्ट्रपति ट्रम्पले नागरिकमा डर त्रास नफैलियोस् भन्ने चाहेकाले यसबारे केही नबताएको टिप्पणी गरेका छन् ।। पत्रकार बबको यो पुस्तक औपचारिक रुपमा सेप्टेम्बर १५ तारिख अर्थात् आउँदो ३० गते बजारमा आउँदै छ । अमेरिका कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश हो । त्यहाँ अहिलेसम्म साढे ६५ लाख जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने एक लाख ९५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति