संविधान दिवस घरमै बसेर मनाइने (विज्ञप्तिसहित )

काठमाडौँ, २५ भदौ । देशव्यापी रूपमा बृहत्तर कार्यक्रम साथ मनाइँदै आएको संविधान दिवस (राष्ट्रिय दिवस) यसपटक घर घरमै बसेर राष्ट्रिय झन्डा फहराएर मनाइने भएको छ । कोभिड–१९ महामारीबीच ‘संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔँ, घर घरमा राष्ट्रिय झन्डा फहराऔँ’ भन्ने मूल नारा तय गरिएको छ ।

संविधान दिवस (राष्ट्रिय दिवस) मनाउने सन्दर्भमा गठित प्रचार प्रसार उपसमितिको बुधबारको बैठकले दूरसञ्चार सेवा प्रदायक तथा सञ्चारका विविध माध्यमबाट संविधान दिवस मनाउन तय गरिएका नारा, सन्देश, संविधानका बहुपक्षीय आयामका विषयमा प्रचार प्रसार व्यवस्थित गर्ने निर्णय गरेको छ ।

प्रचार प्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको अध्यक्षतामा बसेको बैठकले असोज २, ३ र ४ गते सम्बद्ध विभाग, निकायमा दीप प्रज्ज्वलन गर्ने, संविधानका विविध पक्ष समेटिएको वृत्तचित्र, सन्देश, लेख प्रकाशन गर्ने लगायत निर्णय गरेको छ । कोभिड–१९ महामारीका कारण सार्वजनिक रूपमा भव्य कार्यक्रम गर्न नसकिने भएकाले प्रचार सामग्रीको उत्पादन र प्रवद्र्धनलाई नै विशेष महìव दिइएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । असोज ३ गते संविधान दिवस पर्दछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति