नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण

वीरगञ्ज,२४ भदौ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार राति गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । संक्रमितहरूमध्ये रौतहटका २२, बाराका ९ र पर्साका ६ जनामा छन् । संक्रमितहरू ४ देखि ६७ वर्ष उमेर समूहका रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति