२० दिनमा कोरोना नियन्त्रण : निषेधाज्ञा परिमार्जनको तयारी

काठमाडौं, २४ भदौ ।  काठमाडौं उपत्यकामा अन्तिम पटक थपिएको निषेधाज्ञाको म्याद आज राति १२ बजेबाट सकिँदै छ । उपत्यकामा निषेधाज्ञा पूर्ण रूपमा नहटे पनि अहिलेको भन्दा खुकुलो बनाइने भएको छ । मङ्गलबार निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने, उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विषयमा विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफलसमेत छलफल भएको थियो । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न ३ भदौ रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप परिमार्जन गर्ने सम्भावना छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले २० दिनको अवधिमा कोरोना नियन्त्रणमा धेरै सुधार आएको दावी गरेका छन् । उनले निषेधाज्ञा परिमार्जन गरिएसँगै आउन सक्ने सम्भावित महामारी सङ्क्रमणसम्बन्धी समस्या र चुनौतीका विषयमा छलफल जारी रहेको बताए ।निषेधाज्ञा परिमार्जनका विषयमा उठेका विषयमा थप स्पष्ट पार्न तथा परिमार्जन गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृह सचिव महेश्वर न्यौपानेसँग मङ्गलबार छलफल गरेका थिए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति