सुतिरहेको अवस्थामा महिलाको शरीरभित्र पस्यो ४ फिट लामो सर्प

रुस,२३ भदौ । दक्षिणी रुसको दागेस्तानमा पर्ने लेभासी गाउँकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएपछि यसले व्यापक चर्चा बटुलिरहेको छ ।

डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दिएको छ ।

स्थानीयका अनुसार यस्ता घटना बारम्बार भइरहने भएकोले त्यहाँका ज्येष्ठ नागरिकले युवा–युवतीलाई घर बाहिर नसुत्न आग्रह समेत गरेका छन् । यो दुनियाँमा कहिलेकाहीँ पत्याउनै नसकिने खालका यस्ता घटना हुन्छन्, जुन सुन्दा पनि आँत नै सिरिङ्ग हुन्छ । महिलाको स्वास्थ्यमा अचानक गडबडी देखिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो जहाँ उनलाई जनरल एनेस्थेटिकमा राखिएको थियो । त्यहाँ उनलाई बेहोस पारियो र डाक्टरहरुले उनको घाँटीभित्र छिरिसकेको सर्प निकाल्न सफल भए।

महिलाको मुखबाट सर्प निस्कने बित्तिकै महिला स्वास्थ्यकर्मीले निकै डराएको भावसहित त्यो समात्छिन् । उनी आत्तिदै पछाडि सर्छिन् र महिलाको मुखबाट निकालिएको वस्तु सर्प भएको थाहा पाएपछि स्वास्थ्यकर्मी कराएको पनि सुन्न सकिन्छ ।

त्यसपछि उक्त सर्पलाई मेडिकल बकेटमा फ्याँकिन्छ । सर्प जिउँदो थियो वा त्यो महिलाको शरीरभित्र कति समयसम्म रह्यो भन्नेबारे जानकारी उपलब्ध छैन ।मानिसको मुखबाट सर्प छिरेको उक्त घटना निकै दुर्लभ भएको तर सो ठाउँका बुढापाकाहरुले चाहिँ घरबाहिर गएर सुत्न नहुने र सुतेमा मुखभित्र सर्प छिर्ने भन्दै पहिले देखिनै सल्लाह दिने गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति