उपत्यका निषेधाज्ञाको समीक्षाः अब खुकुलो होला ?

काठमाडौँ – उपत्यकामा जारी निषेधाज्ञाबारे प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल शुरु गरेको छ । आज नयाँ निर्णय लिनका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित भर्चुअल बैठक बस्दैछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार आज बिस्तृत बैठक बसेर छलफल गरिने बताए । उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल गरिँदैछ । यसबाट आउने रायअनुसार गृहको समन्वयमा निर्णय लिईने बताईएको छ । आजको छलफलपछि बुधबार मात्र निषेधाज्ञाबारे निर्णय हुने जनकराज दाहालले बताए ।

कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरेका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ । एक अधिकारीका अनुसार निषेधाज्ञाविरुद्ध जनस्तरमा आक्रोश पैदा हुन थालेको निष्कर्ष गृह प्रशासनकै छ । अव हुने निषेधाज्ञा पनि जनस्तरको भावनालाई नबुझि गरिए विरोध हुन सक्ने बुझिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति