रेल मार्ग बनाउने विवादित ३२ अर्बको ५४ वटा ठेक्का रद्द

काठमाडौं, २३ भदौ । रेल मार्ग बनाउने विवादित ३२ अर्बको ५४ वटा ठेक्का रद्द भएको छ। रेल विभागले आइतबार इनरुवा–काँकडभिट्टा सडकखण्डको रेलमार्गमा (ट्रयाक बेड निर्माण) का लागि आह्वान गरेको ३२ अर्बको ठेक्काका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।

काँकरभिट्टा–इनरुवा खण्ड निर्माणका लागि आह्वान गरिएको ठेक्कामा निश्चित कम्पनी मात्रै सहभागी हुन पाउने भएपछि अनियमितता भएको भन्दै चर्को विरोध भएको थियो ।

सर्वसाधारणस्तरबाट भएको विरोध र दबाबपछि रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द गरिएको जानकारी दिएको हो ।
जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ३२ अर्बको ठेक्का आह्वान गरेको थियो । जसमा १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ठेक्का आह्वान गरिएको थियो । जग्गा अधिग्रहण पनि नगरी रेलमार्गको ठेक्का लगाएपछि मुआब्जाको विषयलाई लिएर सर्वसाधारण पनि आन्दोलित हुँदै आएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति