‘वामदेव भन्दा म योग्य’ भन्दै यि युवतीले दिइन निवेदन (भिडियोसहित)

काठमाडौं, २२ भदौ । राष्ट्रियसभाको रिक्त एक सिटमा आफु योग्य रहेको भन्दै एक महिलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएकी छिन् ।

भरतपुर–१२ चितवन स्थायी घर भई त्रिभुवन बिश्वबिद्यालयमा एमफिल दोस्रो सेमेस्टरमा अध्यरत तारा बरालले राष्ट्रिय सभामा रिक्त एक सिटका लागि निवेदन दिएकी हुन । उनले निवेदनमा राष्ट्रिय सभाको रिक्त रहेको स्थानमा संसदीय निर्वाचनमा जनताबाट हारिसकेका व्यक्ति बामदेब गौतमलाई मुलुकको उच्च संघिय व्यवस्थापिको सदन राष्ट्रिय सभा जस्तो गरिमामय सदनमा लोकतान्त्रिक मुल्य मान्यता र सबैधानिक व्यवस्था बिरुद्ध भएको बताइन ।

उनले निवेदनमा मुलुकको नेतृत्वका योग्य, क्षमतावान, निर्विवादित, शिक्षित व्यक्तिको खाँचो रहेको भन्दै आफुले निवेदन दिएको बताईन। उनले चुनाव हारेका ब्यक्ति राष्ट्रिय सभामा व्यवस्था नभएको भन्दै आफु उक्त पदमा गौतम भन्दा आफुनै योग्य भएको दाबी गरिन ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि निवेदन दिइएकी हुन । उनले सरकारले चित्तबुझ्दो जवाफ नदिए अदालत सम्म जाने समेत चेतावनी दिएकी छिन ।

उनले ३ करोड नेपालीको प्रतिनिधित्व गर्दै आफूले राष्ट्रियसभा सदस्यका लागि निवेदन दिएको र आफु कुनै पनि राजनीतिक दलसंग आवद्ध नभएको स्पष्ट पारेकी छिन्। उनले बामदेबलाई राष्ट्रिय सभाको जानका लागि ¥याल नचुहाउन भन्दै निर्वाचनबाट जितेर आउन आग्रह समेत गरिन । सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटमा नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई लैजानेबारे नेकपाले निर्णय गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति