कुलमान किन ? ज्ञान बहादुर लामा

कविता : कुलमान किन ?
होइन भगवान कुलमान हेर
मानव नै हो वहाँ पनी ।
अन्धकार बाट मुक्ति दिलायो
तर चमत्कारी भगवानै बनी ॥

प्रकाश दिए चौबिसै घण्टा हेर
चकित पारे जनतालाई पनी ।
मान्न थाले जनताहरुले तब
ठानी कुलमान भगवान सरी ॥ 

आएहोला कती भ्रष्टहरु हेर
फकाउन मिलेर खाँऊँ भनी ।
सम्झाए होला दुष्टहरुलाई
नचुस देशको रगत भनी ॥

होइन भगवान कुलमान हेर
मानव नै हो वहाँ पनी….

संस्थान रहेछ डुब्नै आँटेको
ऋणै ऋणको समुन्द्र बनी ।
लगायो किनार चारै वर्षमा हेर
वहाँले त्यो संस्थानलाई पनी ॥

पीडित थियौं जनताहरु याहाँ
लोडसेडिङ हट्छ कहिले भनी ।
बाँडे सबलाई उज्यालो हेर
बटुल्दै ममताको ताली पनी ॥

होइन भगवान कुलमान हेर
मानव नै हो वहाँ पनी….

खटेर वहाँले रातदिन हेर
देश नै झिलिमिली बनायो ।
डटेर वहाँले चारै बर्षमा हेर
जनतालाई मोहित बनायो ॥

कोटीकोटी धन्यवाद वहाँलाई
गर्नु भयो धेरै दुःख र सामान ।
छ जनताहरुको दिने चाहना
दोस्रो कार्यकालको शुभकामना॥

होइन भगवान कुलमान हेर
मानव नै हो वहाँ पनी ।
अन्धकार बाट मुक्ति दिलायो
तर चमत्कारी भगवानै बनी ॥

रचनाकार : ज्ञान बहादुर लामा “दोङ”
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति