उपत्यकामा बितेको २४ घण्टामा थपिए ३२६ जना कोरोना संक्रमित

काठमाडौं, २२ भदौ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा २९१ ललितपुरमा, २० र भक्तपुरमा १३ जनामा संक्तमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ९,२१८ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्यांमा छ ।

२४ घण्टामा कोरोनाबाट निको भई १ हजार ७३६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ जना रहेको छ । आज देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार ६९ रहेको छ । होम आइसोलेसनमा ७ हजार १९० जना रहेका छन् ।

यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०० पुगेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति