भिटामिन डी भिडाएर ३० हजारसम्म असुल्ने ब्यक्तिनै कोरोनाले मृत्यु भएकाहरुको अंग निकालिन्छ भनेर भ्रम फैलाउदै


काठमाडौँ, २२ भदौ । कोरोनाले मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर भ्रम फैलाउने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको हो ।

विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएकाले उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए। उनलाई ललितपुरको ढोलाहिटीस्थित उनकै क्लिनिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लिम्बूले केही समययता विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाउँदै आएका थिए । साथै उनले केही च्यानलमा आफूले कोरोनाविरुद्धको खोप बनाएको र त्यो प्रमाणित हुन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

एसएसपी थापाका अनुसार यसअघि पनि उनले आफू आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको भन्ने उजुरीका आधारमा सातादोबाटो प्रहरी वृत्तले समेत पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

पक्राउ परेका लिम्बूलाई कोरोना भाइरसको संक्रमणबारे भ्रम फैलाएको र विभिन्न व्यक्तिलाई आक्षेप लगाएको आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाउने पनि एसएसपी थापाले जानकारी दिए । ‘अन्तिम विकल्प’ नामक क्लिनिक सञ्चालन गरेका लिम्बूले थुप्रै बिरामीलाई ठगेको पीडितहरु बताउँछन् । सामाजिक सञ्जालमा विज्ञापन हेरेर उनको ‘अन्तिम विकल्प’ मा दैनिक ५० भन्दा बढी बिरामी पुग्ने गरेका छन् । उनले एकै जनालाई एक महिनाका लागि भन्दै भिटामिन डी भिडाएर ३० हजारसम्म असुल्ने गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति