उपत्यकामा थपिए ३५४ जना कोरोना संक्रमित

काठमाडौं, २१ भदौ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२र३२ जनामा संक्तमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्यांमा छ । २४ घण्टामा कोरोनाबाट निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।

आज देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति