धरानमा ४५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, २१ भदौ । धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

झापाको कन्काई नगरपालिका-३ की ४५ वर्षीया महिलाको आइतबार बिहान १० : ४५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । गत १८ गते अस्पतालमा भर्ना भएकी
महिलामा १८ गते नै कोरोना पुष्टि भएको थियो ।

मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मेची अञ्चल अस्पतालमा भर्ना भएकी थिइन् । गम्भीर स्वास्थ्य समस्या भएकोले त्यहाँबाट १८ गते बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर भएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति