ललितपुरका सीडीओले भने – उपत्यकामा दशैंसम्म निषेधाज्ञा गरौँ

काठमाडौं, २१ भदौ । काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका छन् । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ भट्टले केही सहजीकरण गरेर निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राखेका हुन् ।

उनले भने, ‘दशैं आउँदैछ, केही सहजीकण गरेर भएपनि यसलाई दशैंसम्म राख्नुपर्छ होला ।’ भदौ ४ गतेबाट उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका छन् ।

भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिनेछ । ललितपुरमा कोरोना संक्रमितहरुको आइसोलेनस तथा क्वारेन्टिनको समस्या नभएको प्रजिअ भट्टको भनाई छ ।

उपत्यकामा निषेधाज्ञा गरे पनि संक्रमित संख्या दर भने घट्नुको सट्टा झनै बढिरहेको छ । भने कतिपय दैनिक ज्याला मजदुर गरेर जीबन चलाउनेहरु सडकमा आउन थालेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति