उपत्यकामा मात्रै थपिए ४०८ जना कोरोना संक्रमित

काठमाडौं, २० भदौ । उपत्यकामा कोरोना संक्रमितको संख्या दर निरन्तर बढिरहेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार को नियमित प्रेस ब्रिफिङमास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकामा स्रोत पहिचान नभएका संक्रमितको संख्या ह्वात्तै बढेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए ।

यसैगरी देशभर भने १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९ र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ भने पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति