आजबाट ललितपुरमा पाँच जनाभन्दा धेरै भेला हुन नपाउने

काठमाडौं, २० भदौ । ललितपुरका विभिन्न ठाउँमा अबको छ दिनसम्म पाँच जना भन्दा धेरै मानिस भेला हुन नपाइने भएको छ ।

मछिन्द्रनाथको रथ तान्ने विवादपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले हिजो कर्फ्यु लगाएको क्षेत्रमा अबको छ दिन मानिसहरुलाई भेला हुन रोक लगाएको हो । ललितपुर जिल्ला प्रशासनको विज्ञप्तिमा रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तर बखुण्डोल चोकमा भेला वा जम्मा हुन नपाइने भनिएको छ ।

यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र अर्थात पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिमवहालसम्म भेला जम्मा हुन नपाइने पनि विज्ञप्तिमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति