सात अन्तर्राष्ट्रिय उडान : ६०१ यात्रु फिर्ता


काठमाडौं, २० भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी शुक्रवार सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन् ।

हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौँ ल्याएको छ । यस्तै कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ । नेपालबाट फर्किदा चार यात्रु लगेको छ । फलाई दुबईले दुबईबाट १५२ यात्रु काठमाडौ ल्याएको छ । आज नेपाल एयरलाइन्सले हङकङबाट चार हजार ८८७ किलो कार्गो नेपाल ल्याएको छ । कतार एयरवेजले १० हजार १३५ किलो कार्गो र दुई शव नेपाल ल्याएको छ । आज शनिबार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

आन्तरिकतर्फ शुक्रवार सात उडान भएका छन् । कैलाश हेलीले बुटवल र मुस्ताङ आर्मीको हेलीले बागलुङ, सीता एयरको सिमिकोट, बुद्ध एयरको लोकल र मनाङ एयरको हेलीले खोटाङ र लुक्ला उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति