रातो मच्छिन्द्रनाथः सांकेतिक रथयात्रा गरेर बुंगमती लैजाने सहमति

काठमाडौं, १८ भदौ । रातो मच्छिन्द्रनाथको रथलाई बुंगमती लैजाने सहमति भएको छ । बिवाद र झडपपछि सरोकारवाला र स्थानिय प्रशासनले सांकेतिक रुपमा बंगमती लैजाने तयारी गरेका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राई र गुठी संस्थानका अधिकारी र १९ वटा जातिय संगठनले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेका हुन् ।

ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले भोलि क्षमापुजा गरेर सांकेतिक रुपमा रथलाई खटमा बोकेर बुंगमती लैजाने सहमती भएको छ । ज्योतिष र पाञ्जु सहभागी बैठकले शनिवार सांकेतिक रुपमा रथ तान्ने र आइतबार जात्रा पुजा गर्ने सहमति गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति