ट्राफिक प्रहरीलाई कुटेको आरोपमा ९ जना पक्राउ

काठमाडौं, १८ भदौ । ललितपुरको कुपण्डोलमा बिहीबार ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेका अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेका छन् । विहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाबीच झडप भएको थियो ।

मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले उक्त कुटपिटमा संंलग्न रहेको अभियोगमा देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पिसीआर जाँच गरेर कानुनी कारबाही अघि बढाईने एसएसपी राईको भनाई छ ।

प्रशासनले निषेधाज्ञा लागू गरेको वेला युवाले विना अनुमति रथ तानेका थिए । त्यसलाई रोक्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रहरीलाई निर्देशन दिएका थिए ।पक्राउ परेका व्यक्तिविरुद्ध अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको बतार्ईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति