नेकपाको निर्णयः बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने

काठमाडौं, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको सचिवालय बैठकमा मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिकहाँ सिफारिस गरिने जानकारी गराएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यसअघि अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको पक्षमा प्रधानमन्त्री उभिए पनि गौतमले अडान कायमै राखेपछि गौतमलाई नै सिफारिस गरिने जानकारी गराए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति