अमेरिकाले डब्लुएचओलाई प्रतिवद्धता रकम समेत नदिने

काठमाडौं, १८ गते । अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई आर्थिक सहायता बन्द गरेको यसअघि नै जनाएको प्रतिबद्धता रकम समेत नदिने भएको छ ।

चीनको पक्षपोषण गरेको आरोप लगाउँदै अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई प्रतिबद्धता गरेको रकमसेत नदिने भएको बताईएको छ । डब्लुएचओलाई तिर्न बाँकी ६ करोड डलर अन्य प्रयोजनमा खर्च गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।

समाचारसंस्था अलजजिराले समाचारमा लेखेको छ, कोभिड-१९ विरुद्धको खोपको विकास तथा वितरण हुने डब्लुएचओको कुनै कार्यक्रममा सहभागी नहुने घोषणा गरेको भोलीपल्टै अमेरिकाले सो निर्णय गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति