नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा मुख्य दुई एजेण्डा केन्द्रित भएर छलफल हुने एक सचिवालय सदस्यले बताएका छन् ।

आजको बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एकजना राष्ट्रिय सभा सदस्यको टुंगो लाग्नेछ भने नेकपाको विवाद समाधानका लागि गठन भएको कार्यदल प्रतिवेदनबारे छलफल हुनेछ । नेकपा विवाद उत्ष्कर्षमा पुगेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलले गएको ६ गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।

आजको बैठकबाट राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई आग्रह गरिएको यसअघिकै निर्णयलाई यथावत राख्नेबारे निष्कर्षमा पुग्ने एक नेताले जानकारी दिए । यसअघि माघमा बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो । त्यसैअनुसार निर्णय गर्न अध्यक्षद्वयबीच सहमति भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति