डोटीमा २१ सेनासहित २४ जना कोरोना सङ्क्रमित

काठमाडौं, १६ भदौ । नेपाली सेनाका २१ सहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका–४ दिपायल राजपुरस्थित सुल्लेक डाँडामा रहेको नेपाली सेनाको गरुबक्स गुल्ममा कार्यरत २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।

दिपालय सिलगढी नगरपालिका–६ मा दुई जना र केआईसिंह गाउँपालिका–४ मा एक जनामा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशमा यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मी सङ्क्रमण भएको यो पहिलो पटक हो । कोरोना सङ्क्रमण देखिएका सैनिकलाई आइसोलेसनमा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति