कोरोना संक्रमण समुदायमा फैलिएको सरकारको निचोड

काठमाडौं, १६ भदौ । सरकारले कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको निचोड निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीले देशका १२ वटा जिल्लामा फैलिएको संक्रमणको अवस्था हेर्दा कोरोना समुदायमा पुगेको निचोड निकालिएको बताए ।

उनले परीक्षण पनि वैज्ञानिक मापदण्डका आधारमा हुनुपर्ने बताउदै ती क्षेत्रमा कोरोना संक्रमणको जालो तोड्न सके देशका अन्य भागको संक्रमण रोक्न सक्ने धारणा राखे । जनस्वासथ्य विज्ञ तिवारीले कोरोना फैलिदै जादा वृद्धहरुमा १ प्रतिशतबाट बढेर संक्रमण दर ४ प्रतिशतमा पुगेको बताए । पछिल्लो समयमा ९६ प्रतिशत संक्रमित स्थानीय स्तरमा देखिएको र मृत्यु हुने क्रम बढेको उनले बताए ।

तिवारीले वैज्ञानिकरुमा विश्लेषण गर्दा पनि १२ वटा जिल्लामध्ये ५ वटा जिल्लामा एक हजारभन्दा धेरै संक्रमित रहेको बताए । डा. तिवारीले २ सयभन्दा धेरै संक्रमित भएका जिल्लामा कडा लकडाउन र निषेधाज्ञा जरुरी रहेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board