लद्दाख विवादबारे चीनले दियो भारतलाई चेतावनी

काठमाडौं, १६ भदौ । शनिबार र आइतबार पूर्वी लद्दाखमा भारतीय सेना र चीनीया सेनाबीच भएको भनिएको झडपबारे चिनले मुख खोलेको छ । भारत र चीनको सीमा विवादका विषयमा दुई देशका सेनाबीच झडप भएपछि चीनले सन् १९६२ को भन्दा ठूलो क्षति व्यहोर्नुपर्ने भारतलाई चेतावनीसमेत दिएको छ ।

चीनसँग कुनै पनि प्रकारको प्रतिस्पर्धाको खोसिस गरेमा भारतीय सेनाले विगतको भन्दा ठूलो क्षति व्यहोर्नुपर्ने चीनले भारतलाई चेतावनी दिएको छ। चिनियाँ विदेश मन्त्रालयले भारतीय आरोपको खण्डन गर्दै चिनियाँ जनमुक्ति सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) पार नगरेको जनाएको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले सम्पादकीयमा उल्लेख गरेको छ । भारतले आफ्नो सेनालाई चिनियाँ भूमिमा प्रवेश गर्ने ठाउँबाट फिर्ता नबोलाए कडा चुनौतीको सामना गर्न तयार रहन भन्दै चिनियाँ सेनाका प्रवक्ताले चेतावनी दिएका हुन् ।

भारतले आफ्नो बयानमा चिनियाँ सेनालाई भारतीय सेनाले लखेटेको ग्लोबल टाइम्समा उल्लेख गरिएको छ । भारतीय सेनाले हिंसात्मक क्रियाकलापलाई अगाडि बढाएको यसबाट पुष्टि हुन्छ । भारतीय सेनाले संघर्षको सुरु गरेको छ । यसको उचित जवाफ दिईने ग्लोबल टाइम्सले लेखेको छ ।

चीनले भारतले आन्तरिक समस्यालाई चीन केन्द्रित गर्न खोजेको आरोप लगाएको छ । ग्लोबल टाइम्सको सम्पादकीयमा लेखिए अनुसार भारत विभिन्न घरेलु समस्याबाट ग्रसित छ । कोरोना भाइरसको संक्रमण बढ्दो छ । आइतबार एक दिनमा ७८ हजार संक्रमित फेला परेका छन् । अर्थव्यवस्था पनि खराब भएको छ । सीमामा हिंसात्मक क्रियाकलाप गरेर भारतले घरेलु समस्यालाई विकेन्द्रित गर्न खोजेको बताएको छ । अमेरिकाको पछि लागेर भड्काउन खोजिएको भन्दै चीनले कुनै पनि प्रकारको भ्रम नपाल्न पनि भारतलाई सुझाव दिएको छ ।

चीनले भारतसँग हरेक कुरामा प्रतिस्पर्धाका लागि क्षमता रहेको र देशको एक इन्च जमिन पनि अतिक्रमण गर्न नदिने जनाएको छ । भारतसँग जुनसुकै प्रकारका हतियार र प्रविधि छन, त्यो भन्दा धेरै उन्नत र आधुनिक प्रविधि चीनसँग भएको कुरा चीनले स्मरण गरेको छ । भारतले सैन्य क्षमता प्रदर्शन गरेमा भारतीय सेनाले सन् १९६२ मा भन्दा धेरै ठूलो क्षति व्यहोर्नुपर्ने चीनको चेतावनी छ । एजेन्सी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति