केन्द्रीय कारागारमा एक कैदीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, १६ भदौ । केन्द्रीय कारागारमा एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार उनी गम्भीर रोगको बिरामी रहेका थिए । मेगा अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको उनले बताए ।

पोखरेलका अनुसार १० भदौमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । चार दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल केन्द्रीय कारागारमा ७ सय जना बिरामी कैदीबन्दी छन् । कारागारमा देशभरका कैदीबन्दीको उपचारका लागि अस्पताल छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति