विश्वमा १ करोड ७९ लाख ३७ हजार ६२ जना कोरोना मुक्त

काठमाडौं, १६ भदौ । विश्वभर एकै दिन २ लाख ४४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४४ हजार ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार विहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख ३२ हजार २०३ पुगेको छ । संक्रमितमध्ये १ करोड ७९ लाख ३७ हजार ६२ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ४ हजार २२१ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार ६८५ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार ७३५ जनाको मृत्यु भएको छ । ३५ लाख ८१ हजार ९७० जना संक्रमित भएकोमा २० लाख ७३ हजार ३७२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७१ हजार ३८७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७३ लाख ५९ हजार ३५३ पुगेको छ । त्यसमध्ये ४२ लाख ४१ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४२ हजार ४८२ जनाको मृत्यु भएको छ । ७० लाख ८६ हजार ४२२ जना संक्रमित भएकोमा ५६ लाख ८४ हजार ६९३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २ हजार ५१८ जनाको मृत्यु भएको छ । ६३ लाख १७ हजार ७५५ जना संक्रमित भएकोमा ४९ लाख २६ हजार २४५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २९ हजार ८८२ जनाको ज्यान गएको छ भने १२ लाख ५७ हजार ३१६ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ८७ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६८६ जनाको मृत्यु भएको छ । २८ हजार ६६६ जना संक्रमित भएकोमा २३ हजार ४३१ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board