२४ घण्टामै उपत्यकामा थपिए २९८ जना नयां कोरोना संक्रमण

काठमाडौं, १५ भदौ । बितेको २४ घण्टामा सोमबार काठमाडौं जिल्लामा सर्वाधिक २९८ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । संक्रमितहरु कहाँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।

त्यस्तै, नेपालमा बितेको २४ घण्टामा देशभर कोरोनाका ८ सय ९९ संक्रमित थपिएका छन् । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेका छन् भने निको हुनेको संख्य २१ हजार ४१० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board