कोटेश्वर चौकमा यातायात मन्त्री नेम्वाङको अनुगमन

काठमाडौं, १५ भदौ । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ्गले कोटेश्वर चोकमा विस्तार भइरहेको सडक अनुगमन निरिक्षण गरेका छन् । उनले कोटेश्वर चोकको जाम हटाउन वैकल्पिक रुपमा विस्तार भइरहेको सडकको सोमबार स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमनपछि मन्त्री नेम्वाङ्गले संघीय राजधानी काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने अत्यन्तै महत्वपूर्ण पूर्वी नाका रहेको र उपत्याकाकै बढी यातायात जाम हुने ठाउँ भएकाले यथासक्य छिटो निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । तत्काल कोटेश्वर चोकको जाम हटाउन अहिले दक्षिणतर्फ तीन लेन र उत्तर एयरपोर्टतर्फ एक लेन सडक विस्तार भइरहेको छ । जामको दीर्घकालिन समाधान गर्न सरकारले अण्डरपास निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) संग सहकार्य गर्ने तयारी गरिरहेको छ ।

पुरानो तारबार हटाउने, एयपोर्टको जग्गा भएकाले सुरक्षा संवेदनशिलताका कारण नयाँ बार लगाउँने, सुरक्षा पोष्ट निर्माण गर्ने, ट्रयाक ओपन गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेकाले एक हप्ता भित्रै ठेक्काको लागि टेन्डर निकालिने सडक डिभिजन काठमाण्डौका प्रमुख कुबेर नेपालीले जानकारी गराएका थिए । अनुगमनमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिम ढकाल समेत सहभागी रहेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board