पोखरामा नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, १५ भदौ । प्रहरीले पोखरा महानगरपालिका वडा नं १० रामबजारका नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ । विगत चार÷पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका आधारमा गुरुङललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ८ टोड्केमा लुकेको अवस्थामा आइतबार राति गुरुङ पक्राउ परेका जनाइएको छ । प्रवक्ता हमालका अनुसार घटनामा संलग्न गुरुङलाई जबर्जस्ती करणी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति